कालिकोटका वडा सदस्यको मृत्यु रहस्यमय, कारण खुल्न बाँकी

कालिकोटका वडा सदस्यको मृत्यु रहस्यमय, कारण खुल्न बाँकी

  • मङ्लबार, जेष्ठ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कालीकोट,२२ जेठ । नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की वडा सदस्य मना सार्कीको ज्यान गएको छ ।
गाउँमै कुटपिटको घटना भएको र त्यसै क्रममा मनाको ज्यान गएको भन्ने प्रारम्भिक खबर आए पनि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र ज्यान जानुको कारण खुल्ने कालिकोटका प्रहरी निरीक्षक निरज चौलागाईँले जानकारी दिनुभयो ।

५६ वर्षकी मनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । गएको आइतबार ज्यान गुमाएकी मनाको शव पोष्टमार्टमका लागि सोमबार जिल्ला अस्पतालमा ल्याइपुर्याइएको हो ।

मनाको हत्या गरिएको दावी गर्दै उहाँका परिवारले प्रहरीमा उजुरी गर्ने तयारी गरेको बताएका छन् । मना स्थानीय तहको चुनावमा एमालेका तर्फबाट दलित महिला सदस्य कोटामा वडा सदस्यमा निर्वा्चित हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ