आज (मंगलबार) दिनभर पानी पर्ने, पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी यातायात

आज (मंगलबार) दिनभर पानी पर्ने, पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी यातायात

  • मङ्लबार, जेष्ठ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, जेठ २२ । आज दिनभरी मुलुकभर पानी पर्ने जनाईएको छ । सोमबार साझ देखि नै पानी पर्न सुरु भएकोमा आज बिहानबाट अधिकाशं स्थानमा पानी परिरहेको छ ।
नेपालमा मनसुन भित्रन लागेको र पश्चिमी वायुको प्रभावका कारण मंगलबार झरी पर्ने सम्भावना रहेको मौसमविद् विभूती पोख्रेलले बताउनुभयो ।
उहाँका अनुसार अबको केही दिन मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन । सामान्यतया जुन १० तारिखमा मनसुन सुरु हुन्छ । मनसुन सुरु हुनु एकहप्ता अघिदेखि झरी पर्ने भएकाले यो यसकै संकेत भएको उहाँले जानकारी दिनुभयो ।
प्रि मनसुनको अन्तिम समय भएकाले पनि अब झरी सुरु हुने उहाँले बताउनुभयो । सामान्यतया प्रि मनसुनको अन्तिम समयमा मनसुनमा जस्तै वर्षा हुने गर्दछ ।

यसैबीच मुग्लिन–नारायणगढ सडकखण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक एकतर्फी मात्रै खुलेको छ ।
यो ठाउँमा अहिले आलोपालो गरि गाडी गुडिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
चारकिलोमा बिहान ५ बजेतिर पहिरो खसेको र पानी परिरहेकाले अहिले पहिरो हटाउन समस्या भएको हो । पानी रोकिएपछि पहिरो हटाउन सुरु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ