एजेन्सी ।
आमाले कुखुराको मासु नबनाएको भन्दै छोराले चक्कुले आक्रमण गरी हत्या गरेका छन् ।
भारतको आन्ध्र प्रदेशको गुन्टुर इलाकामा ४५ वर्षीय बेज्जम किशोर ले ८० वर्षे आमा बेज्जम मारियम्माको हत्या गरेको भारतिय सन्चारमाध्यमले जनाएका छन् ।
ग्रामिण स्वास्थ्यकर्मी समेत रहेका छोराले आमालाई दिउँसो कुखुराको मासु बनाउन आदेश दिएका थिए । जब उनकी आमाले यसो गर्न सकिनन् तब किशोरले किचनमा भएको चक्कुले आमा माथि आक्रमण गर्दा आमाको घटनास्थलमै ज्यान गएको बताइएको छ ।
अत्यधिक रक्सी पिउने किशोरलाई उनकी श्रीमतीले यहि कारणले छोडेकी थिइन् । आमालाई चक्कु प्रहार गरेपछि किशोर तत्काल भागेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline