कैलालीमा ९ लाख लुट्ने लुटेरा समुहका योजनाकार पक्राउः को हुन् उनी ?

कैलालीमा ९ लाख लुट्ने लुटेरा समुहका योजनाकार पक्राउः को हुन् उनी ?

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

धनगढी, जेठ २१ ।
एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार राजधानीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना, धनगढी उपमहानगरपालिका–१३, का २८ वर्षीय राम प्रवेश राना रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले आज विहान राजधानीको गोंगबु क्षेत्रबाट पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

सिंहका अनुसार राना घटनाका मुख्य योजनाकार हुन् । यसअघि गत जेठ १३ मा पनि आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ का ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको थियो ।

बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार रकम लुटेर भागेका थिए । यसअघि पनि जबरजस्ती करणी मुद्धामा सजाय पाएका कल्लुले गोली प्रहार गरि लुटेको स्वीकार गरेका छन् ।

यसैबीच दुर्लभ वन्यजन्तु गैडाको खाग बिक्री गरिरहेको अवस्थामा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत लौनचोरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा धादिङ बेनिटारका जिसन सुनुवारलाई पक्राउ गरेको हो ।

बरामद भएको खाग ६५ लाख रुपैयाँमा बिक्री गर्न लागेको प्रहरी अनुसन्धानमा खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ