नेकपाका जनपरिषद् प्रमुखसहित दुई नेता गिरफ्तार, अल्बर्टले जनाए यस्ताे आपत्ति

नेकपाका जनपरिषद् प्रमुखसहित दुई नेता गिरफ्तार, अल्बर्टले जनाए यस्ताे आपत्ति

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

२१ जेठ,पर्वत । नेपाल कम्युनिस्ट पार्टीका  दुई स्थानीय नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पर्वत जिल्ला सदस्य धर्मराज पौडेल र जिल्ला जनपरिषद् प्रमुख ओमप्रसाद शर्मालाई अनुसन्धानको लागि भन्दै प्रहरीले अाइतबार गिरफ्तार गरेको जिल्ला सेक्रेटरी अल्वर्टले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

सेक्रेटरी अल्बर्टले फलेवास नगरपालिका–५ मा स्काभेटरमा आगो आफ्नो पार्टीले नलगाएर विकासको नाममा खानेमा प्रतिस्पर्धा गर्नेहरुले धमिलो पानीमा माछा मारेको बताएका छन् ।

उक्त घटनामा आफ्नो पार्टीको संलग्नता नभएको सार्वजनिक रुपमा जानकारी गराउँदागराउँदै पनि आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि धरपकड र गिरफ्तार बढाएको भन्दै अल्बर्टले आपत्ति जनाएका छन् ।

गिरफ्तार नेताहरुलाई रिहा नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ