जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाईदैं,छुवाछुत मुक्त राष्ट्र  घोषणा गरेको १३ वर्ष बित्दा पनि भेदभाव कायमै

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाईदैं,छुवाछुत मुक्त राष्ट्र  घोषणा गरेको १३ वर्ष बित्दा पनि भेदभाव कायमै

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 26K
    SHARES

काठमाडौं, २१ जेठ । अाज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस,  विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा वर्तमान सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको छ ।

आज केन्द्रसंगै ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दिवस मनाईंदैछ । सरकारले प्रधानमन्त्रीको नेतृत्वमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन कार्यान्वयन गर्न समिति गठन गर्ने घोषणा आगामी आर्थिक वर्षको बजेट मार्फत गरेको छ ।

दिवसको अवसरमा सन्देश दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा हरेक नेपालीलाई जातीय छुवाछूत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गर्नु भएको छ ।

नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो ।

  • वेभ तस्वीर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ