भारतीय कम्पनी सतलजलाई नेकपाकाे चेतावनी, तत्काल नेपाल छाड नत्र ठूलो लगानी हुब्नेछ(पत्रसहित)

भारतीय कम्पनी सतलजलाई नेकपाकाे चेतावनी, तत्काल नेपाल छाड नत्र ठूलो लगानी हुब्नेछ(पत्रसहित)

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.7K
    SHARES

काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टीले अरुण–३ जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको सतलज जलविद्युत कम्पनीलाई नेपाल छाड्न चेतावनी दिएको छ ।
नेकपा पूर्वी कमाण्ड ईन्चार्ज विरहीको हस्ताक्षर रहेको पत्र आईतवार पठाउँदै अरुण–३ जलविद्युत आयोजनाको निर्माण सम्झौता नेपालको हित विरोधी भएकोले उक्त आयोजनाबाट हात झिकेर फर्कन सतलज कम्पनीलाई आग्रह गर्नुभएको हो ।
अरुण ३ को सम्झौता राष्ट्रहति विपरित रहेको भन्दै लामो समयदेखि त्यसको विरोध गर्दै आएको नेकपाले सतलजलाई जलविद्युत कम्पनीलाई पत्राचार गर्दै नेपाल छोडेर नगए मुलुकमा भारत विरोधी जनमत अझ उग्र हुने र आयोजनाकोे ठूलो रकम डुब्ने चेतावनी पनि दिएको छ ।
सतलज कम्पनिले नेपालमा रहेको अरुण ३ परियोजना निर्माण गर्नेबारे समझदारी पत्रमा नेपाल सरकारसँग २०६४ फागुन १९ गते हस्ताक्षर गरेको थियो ।
सतलज जलविद्युत निगम लिमिटेड, भारतका कार्यलय प्रमुखलाई सम्बोधन गरि लेखिएको पत्रमा भनिएको छ, उक्त समझदारी पत्र नेपालको हितमा नभएको भन्दै हाम्रो पार्टीसहित बहुमत जनता, देशभक्त नागरिक र जलश्रोत विज्ञहरुले बिरोध गर्दै आएको कुरा सर्वबिदितै छ ।
नेकपाले यो परियोजना नेपाल सरकारले संबिधानको धारा २७९( अन्तिरिम संविधानको धारा १५६)लाई छल्दै चोरबाटोबाट नवऔपनिवेशिक शैलीमा भारतीय कम्पनीला सुम्पिएको पनि जनाएको छ । उक्त पत्रमा भनिएको छ, सोहि कारण नेपाल सरकार र यहाँका दलहरुलाई दबाब र प्रभावमा पारेर भारत सरकारमार्फत तपाईहरु नेपालको हित विरोधी काममा संलग्न हुनु दुःखको बिषय हो । तसर्थ अरुण–३ परियोजनाबाट हात झिकेर फर्कन हामी तपाईहरुलाई अनुरोध गर्दछौ । अन्यथा त्यसले नेपालमा भारत बिरोधि जनमत बढने मात्र होइन तपाईहरुको ठूलो लगानी हुब्नेछ ।

नेकपाले अरुण तेस्रो जस्ता आयोजनाहरु आन्तरिक खपतको लागि आन्तरिक पूँजी परिचालित गरेर निर्माण गर्नुपर्ने, त्यसमा सर्वसाधारण स्थानीयले शेयर लगानी गर्न पाउनुपर्ने, त्यसको सव– स्टेशन नेपालमै राख्नुपर्ने र तल्लो तथा माथिल्लो तटीय अधिकार नेपालकै हुनुपर्ने माग पनि गरेको छ ।
नेपालको हित विरोधि, संसदीय दलहरुले प्रभु खुशी पारिएका र नेपाली जनताद्धारा अनुमोदन नभएका कुनै पनि राष्ट्रघाती सहमती सम्झौता र समझदारी मान्य नहुने पनि नेकपाले प्रष्ठ पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ