नेकपाद्वारा गाउँपालिका प्रमुख चौधरीमाथि जनकार्वाहि, यस्ता छन् ६ कारण

नेकपाद्वारा गाउँपालिका प्रमुख चौधरीमाथि जनकार्वाहि, यस्ता छन् ६ कारण

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

रूपन्देहि, २० जेठ ।

नेपाल कम्युनिष्ट पार्टीको जनपरिषदले रुपन्देहिका एक जना जनप्रतिनिधीलाई विकास निर्माणको काममा भ्रष्टचार गरेको भन्दै कालो मोसो दलेर जनकार्वाहि गरेको छ ।
रुपन्देहीको सुद्धोधन गाउँपालिका प्रमुख किसुन चन्द्र चौधरीलाई जनपरिषद रुपन्देहीले बिकास निर्माणका हरेक काममा २० देखि २५ प्रतिसत कमिसन खाने गरेको . जनाताको हरेक काममा बहाना बाजी गर्ने र घुस माग्ने गरेकोले आईतवार कालो मोसो दलेर जनकारर्बाही गरेको हो ।

जनकार्रवाहि पछि साेहि स्थानमा छाडिएकाे पर्चामा विकास निर्माणको नाममा निकालिएको नदिजन्य पदार्थ स्थानीय ठेकेदार र व्यापारीहरुलाई बेचेर कमिशन खाएको, गाँउपालिकाका विभिन्न सामान खरिदमा प्रक्रिया मिलाएर कमिशन खाएको जनस्तरबाट गुनासो आएकोले चेतावनी स्वरुप जनकार्वाहि गरिएको पनि जनपरिषद् रुपन्देहिले प्रष्ठ पारेको छ ।

यस्तै आर्थिक प्रशासन नियमावलीको धज्जी उडाउदै विभिन्न व्याक्ति समुदायलाई निति विपरित बजेट बाढेर दुरुपयोग गरेको , विकास निर्माणमा राजनितिकरण गरि पार्टीका कार्यकर्ता भर्तिकेन्द्र गरिएको र योजनाहरुबाट २० देखि २५ प्रतिशत सम्म कमिशन खाने गरेको , गाउँ कार्यपालिका भित्र समेत पूरण् बैठक तथा छलफल नगरी मनोमानी एवंम एकलौटि गरि जनताको ढाड सेक्नेगरी कर बृद्धि गरेको र जन्मदर्ता, मृत्युदरता, विवाहदरता, बसाईसराईको स्थानीय निकायका मार्फत सामान्य सिफारिस गर्ने क्रममा समेत बिभिन्न बहानामा जनतालाई दुख दिई कमिशन खाने गरेको पनि उक्त पर्चामा लेखिएको छ ।

 

हेर्नुहाेस्, जनपरिषदले  जनकार्रवाहिका गर्नुका कारणहरू यस्ता बताएकाे छ  ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ