सुनकाण्डका अभियुक्त छिरिङको सनसनीपूर्ण बयानः गोरेलाई चिन्दिनँ, आफ्नो समूहकालाई बचाई मलाई फसाउन खाेजेकाे हुनुपर्छ

सुनकाण्डका अभियुक्त छिरिङको सनसनीपूर्ण बयानः गोरेलाई चिन्दिनँ, आफ्नो समूहकालाई बचाई मलाई फसाउन खाेजेकाे हुनुपर्छ

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

२० जेठ, काठमाडौं ।

सुन तस्करीका अभियुक्त छिरिङ वाङ्गेल घलेले आफूमाथि लागेको सबै आभियोग अस्वीकार गरेका छन् ।आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका उनले इन्कारी बयान दिदै आफू सुन तस्करीमा संलग्नै नभएको दाबी गरेका हुन् । भुजुङ गुरुङ नाताले भिजानु पर्ने तर सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् ।

मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग भने चिनजान नै नभएको दाबी उनकाे छ ।  यसअघि बयान दिदै गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनीको मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बताएका थिए ।

साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ ।

गोरे समूहका मानिसहरुले भन्ने गरेको डा. डेविट आफू नभएको दाबी गर्दै उनले भनेका छन्, ‘निजले अदालतमा मविरुद्ध बयान गर्नुका कारण आफ्नो समूहका मानिसलाई बचाई मलाई फसाउन हुनुपर्छ । गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ । म छिरिङ वाङ्देल गुरुङ हो म सुन कारोगार नगर्ने हुँदा निर्दोष छु ।’

भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको छिरिङको बयानमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ