शाहीकालीन गृहमन्त्री शाहीको निधन

शाहीकालीन गृहमन्त्री शाहीको निधन

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

२० जेठ, काठमाडौं ।
भूतपूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । आइतबार बिहान ७ बजे मध्यबानेश्वरको पूजाप्रतिष्ठान मार्गस्थित आफ्नै निवासमा निधन भएको हो । राजतन्त्रका बेला ज्ञानेन्द्र शाहको शासनकालमा गृहमन्त्रीमा नियुक्ति पाएका थिए ।
दुवै मृगौला खराब भएपछि उपचार गराइरहेका शाहीको ७६ वर्षको उमेरमा निधन भएको हो । शाहीको शव केहीबेर अन्तिम श्रद्धाञ्जलीका लागि निवासमै राखिने र त्यसपछि पशुपति आर्यघाट लैजाने बताइएको छ ।
शाही पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता हत्याएर आफ्नै नेतृत्वमा चलाएका बेला गृहमन्त्री भएका थिए भने पञ्चायतकालमा अञ्चलाधीश थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ