सुन तस्करी प्रकरणका अभियुक्त छिरिङले गरे आत्मसमर्पण

सुन तस्करी प्रकरणका अभियुक्त छिरिङले गरे आत्मसमर्पण

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

२० जेठ, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले पनि आत्मसमर्पण गरेका छन् ।उनले आज जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।

करिव ११ बजे उनी अधिवक्ता सरोज अधिकारीमार्फत अदालतमा निवेदन दिएर उपस्थित भएको बताईएको छ ।

अहिले जिल्ला अदालत मोरङमा घलेको बयान चलिरहेको छ । छिरिङ राप्रपाका प्रजातान्त्रिकका नेता तथा सुन काण्डका अर्का आरोपी भुजुङ गुरुङका साला पनि हुन् ।

उनको आजै अदालतमा बयान सुरु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो ।यसअघि एसएसपी श्याम खत्रीले पनि जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई भने काठमाडौंमा पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ