गृहमन्त्री र वातावरणमन्त्री छड्के जाँच गर्न पुगेपछि ………….

गृहमन्त्री र वातावरणमन्त्री छड्के जाँच गर्न पुगेपछि ………….

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, जेठ २० ।
गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आज बिहान थापाथली चोकमा पुगेर सवारी साधनको प्रदूषणको छड्के चेकजाँच गर्नुभएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुवै मन्त्री सडकमै पुगेर प्रदूषण जाँचमा सहभागी हुनुभएको हो ।

जाँचका क्रममा प्रदुषण मापदण्ड पालना नगर्ने १८ वटा सवारी साधन कारबाहीमा परेको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेतुले जानकारी दिनुभयो ।

त्यस क्रममा गृहमन्त्री थापाले स्वस्थ वातावरण भएमात्र नागरिक स्वस्थ रहने भन्दै यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । सवारीसाधनले प्रदूषण मापदण्ड पालना गर्नु अनिवार्य रहेको भन्दै यसको नियमित जाँच गर्नुपर्ने उहाँको भनाई थियो ।

वातावरणमन्त्री बस्नेतले वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्रीकै सहभागितामा यही जेठ २२ गते स्वच्छ नेपाल महाभियान शुरु गर्न लागिएको जानकारी दिनुभयो ।

प्रदूषण नियन्त्रण, फोहर व्यवस्थापन र हरियाली प्रवर्द्दनलाई एकीकृत गरेर महाभियान शुरु गर्न लागेको उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ