काठमाडौं, जेठ २० ।
पूर्वगृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा आज विहान निधन भएको छ । शाहीको विहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गाैला फेल भएर डाइलाइसिस् गर्दै आउनु भएका शाही अढाइ महिना अघि अस्पताल भर्ना हुन भएको थियो ।
लामो समय निजामति सेवामा बिताउनु भएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गर्नु भएको थियो । डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री हुनुहुन्थ्यो ।
उहाँको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने उहाँको पारिवारिक स्रोतले जनाएको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान निधन भएको छ ।
भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण आज बिहान करीब साढे १ बजे निधन भएको हो ।
एक्कासि छाती दुखेपछि उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड लगिएका अधिकारीलाई अस्पतालले मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।