स्पेनको नयाँ प्रधानमन्त्रीले आज सपथ लिने

स्पेनको नयाँ प्रधानमन्त्रीले आज सपथ लिने

  • शनिबार, जेष्ठ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

मड्रिड, १९ जेठ ।
स्पेनका नवनिर्वा्चित प्रधानमन्त्री पेड्रो सान्चेजले आज सपथग्रहण गर्दै हुनुहुन्छ ।

निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज नयाँ प्रधानमन्त्री बन्नुभएको हो ।

निवर्तमान प्रधानमन्त्री राजोए विरुद्ध नेता सान्चेजले नै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो ।

समाजवादी नेता नवनिर्वा्चित प्रधानमन्त्री सान्चेज ४६ वर्षीय अर्थशास्त्री हुनुहुन्छ । तर उहाँलाई सरकार सञ्चालनको अनुभव भने छैन ।

राजा फेलिपे छैठौंको अगाडी मड्रिडमा रहेको राजदरबारमा सपथ लिने कार्यक्रम रहेको छ । स्पेनमा निकै प्रभावशाली नेता मानिनुहुने ६३ वर्षीय राजोए गत सन् २०११ देखि राज्यको शक्तिमा हुनुहुन्थ्यो ।

उहाँका विरुद्धमा सान्चेजले गत मे २५ तारिखका दिन भ्रष्टाचारको आरोपसहित संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो ।

विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बन्नुभएको छ ।

उहाँको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए । सोसलिस्ट पार्टी, विपक्षी पार्टी पुडेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीले पनि पेड्रोलाई मतदान गरेका छन् ।

उहाँले आफू वार्तामार्फत् नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्ने वार्ताका लागि आफू खुल्ला रहेको पनि बताउनुभएको छ ।

स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नवनिर्वा्चित प्रधानमन्त्री सान्चेजले जोड दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ