काठमाडौँ, १८ जेठ । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले सुनकाण्डको पर्दा खाेल्न मन्त्री भइसकेको नेताहरुसम्म पुगेर अनुसन्धन गर्नुपर्ने बताउनु भएकाे छ ।
देशमा अपराध बढ्दै गएपछि केन्द्रीय अनुसन्धान ब्युरो आफ्नै पालामा बनाइएको बताउँदै भण्डारीले सुनकाण्डको जरोसम्म पुग्ने हो भने दुई चार अर्थ र गृहमन्त्रीमाथि पनि छानबिन गरिनुपर्ने बताउनु भयाे ।
‘सुनकाण्डको जरैसम्म पुग्ने हो भने २०६९ सालदेखि २०७४ सालसम्म को को अर्थमन्त्री थिए ? को को गृहमन्त्री थिए ? उनीहरुले विमानस्थलेखि अन्य महत्वपूर्ण स्थानमा कस–कसलाई खटाए ? त्यो बेला राज्यका शक्ति केन्द्रहरु को थिए ? प्रहरी नेतृत्वमा को थियो ? महानगरमा ईन्चार्ज को को थिए ?’, यसको मिहिन ढंगले खोजी गरेर उनीहरुमाथि अनुसन्धान गरिनुपर्छ’, पूर्वएआईजी भण्डारीले एपीवान टिभीको कार्यक्रम एपी टकमा बोल्दै भने, ‘अनि मात्रै सुनकाण्डमा रहेका अदृश्य शक्तिको पर्दा खुल्छ, त्यसपछि मात्रै सुन तस्करीको जरोसम्म पुगेर समाधान निकाल्न सकिन्छ ।’
हेर्नुहाेस् भिडियो:
https://youtu.be/ZEvfSVLIlLY