धार्मिक भातृत्वका लागि बाँकेको सोनपुरमा इफ्तार

धार्मिक भातृत्वका लागि बाँकेको सोनपुरमा इफ्तार

  • शुक्रबार, जेष्ठ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

बाँके,१८ जेष्ठ । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपलीज मुस्लिम सोसाईटी र थर्ड एलायन्सले “धार्मिक भातृत्वका लागि सामुदायिक इफ्तार” कार्यक्रम शुक्रबार बाँकेको सोनपुरमा सम्पन्न गरेको छ ।
इस्लामिक धर्म गुरु मौलाना जाबिरबाट कुरान पाठ गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

नेपलीज मुस्लिम सोसाईटी यूएईको आयोजना र तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को संयोजनमा बाँकेको सोनपुरमा भएको इफतार कार्यक्रममा शुभकामना दिदै थर्ड एलायन्स नेपालगंजका प्रमुख आलम खानले इफतार कार्यक्रमले नेपालका विभिन्न धर्म र समुदायहरुको बीच रहेको भाइचाराको सम्बन्धलाई थप मजबुत बनाई नेपालीको धार्मिक सहिष्णुता सहितको उदाहरणीय सम्बन्धको संदेश प्रवाह हुने बताउनु भयो ।

इस्लामिक क्यालेन्डरको नवौ महिनालाई रमजानको पवित्र महिना भनिन्छ र सो महिना भरि मुस्लिम समुदायले बिहान सुर्योदय देखि बेलुका सुर्यास्तसम्म निराहार बर्त बस्ने गर्दछन । कार्यक्रममा मुस्लिम धर्म गुरु मौलानाहरुले रमजानको बारेमा प्रवचन दिएका थिए । सो अवशरमा रोजेदार (व्रतालु) हरुलाई विभिन्न परिकार सहित इफ्तार (रोजा र व्रत खोल्न) गराइएको थियो ।

कार्यक्रममा मानव अधिकार रक्षक संजाल बाँकेका सचिव असलम भाट,वडा अध्यक्ष अतिउल्लाह खाँ, संजालका सदस्य प्रेम बिश्वकर्मा लगायत मुस्लिमहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ