पाल्पामा बस दुर्घटनाः मृत्यु हुनेको सङख्या १३ पुग्यो, डिभिजन सहकारी पाल्पाका प्रमुखको ज्यान गयो

पाल्पामा बस दुर्घटनाः मृत्यु हुनेको सङख्या १३ पुग्यो, डिभिजन सहकारी पाल्पाका प्रमुखको ज्यान गयो

  • शुक्रबार, जेष्ठ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

पाल्पा, जेठ १८ ।
पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङख्या १३ पुगेको छ ।

लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस आज बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेर भएको दुर्घटना मृत्यु हुनै १३ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुनेमा विष्णुमान बज्राचार्य, उहाँका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड, दुर्गा श्रेष्ठ र कृष्ण्णबहादुर बोहरा रहेका छन् ।

सचिन र कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुनुहुन्छ । घाइतेमध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

यसैबीच चितवनको राप्ती नगरपालिका–५ स्थित चौकीडाँडा नजिकै ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक चितवन खैरहनीका प्रेमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक सम्याउने क्रममा एक्कासि ग्रेडर सडकबाट ५० फिट तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका शिक्षण अस्पताल भरतपुरमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ