१८ जेठ, काठमाडौं ।
पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस आज बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेर भएको दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तानसेन नगरपालीका ३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, कमला कार्की, वसन्ती खाँण, तानसेन ४ का विष्णुमान बज्राचार्य, कृष्णबहादुर बोहोरा, दुर्गाबहादुर सारु, ६ का सुशीलप्रसाद श्रेष्ठ, सचिन बज्राचार्य, तानसेन २ लोकनाथ ढकाल र गीता बुढाथोकी रहेका छन् ।
सचिनको मिशन अस्पताल र कमलाको मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताउनु भयो ।
बस सडकभन्दा डेढसय मिटर तल खसेको प्रहरीले जनाएके छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनबाट भ्रमण जाँदै गरेको बस दुर्घटनामा परेको हो।
घाइते मध्ये १० जनाको मिशन अस्पताल तानसेन र एक जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।