काठमाडाैं, १८ जेठ । साढे ३३ किलो सुन तस्करीमा मुछिएका एसएसपी श्याम खत्रीले सनसनीपूर्ण बयान दिएका छन् । उनले अाफुभन्दा माथिका अधिकारीहरूसँग गारेकेा सम्बन्ध रहेकाले अाफुले तस्करी राेक्न नसकेकेा बताएका हुन्र ।
बयानमा नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक गोविन्द निरौला र सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती गोरेको विशेष सम्बन्ध रहेको खुलेकाे छ । आफूभन्दा माथिल्लो तहका निरौला र गोरेबीच विशेष सम्बन्ध रहेका कारण आफूले विमानस्थलमा कार्यरत रहेका बेला सुन तस्करी रोक्न नसकेको खत्रीले बयानमा भनेका छन् ।
उाले भनेका छन्, ‘म एउटा एसएसपी हुँ, अरु कैयौं एसएसपी पनि सुन तस्करीमा संलग्न छन्, डिआईजी पनि छन्,’ खत्रीले बयानमा भनेका छन् ।
उनको बयानपछि अब धेरै वरिष्ठ प्रहरी र नेताहरु पनि मुछिने आशंका गरिएको छ । साथै खत्रीले गोरेले आफूलाई सरुवा गर्दिने भन्दै धम्क्याउने गरेको पनि बयानमा उल्लेख गरेका छन् । उनले मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा दिएको ८ पेज लामो बयानमा आफू सुन तस्करीमा संलग्न नरहेको बताएका छन् । उनले आफूलाई आफ्नै ब्याचीहरुले बढुवाबाट रोक्न षडयन्त्र गरेको बयान इजलासमा दिएका हुन् ।