नुवाकोट,१७ जेठ ।
नुवाकोटकाे शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका कमर्मचारी र इन्जिनियरहरु कार्यकक्षमै चेस खेलिरहेको अवस्थामा भेटिएका छन् ।
विदुर नगरपालिका–९ कोलोनीमा रहेको डिभिजन कार्यालयमासांसद नारायणप्रसाद खतिवडाले छड्के अनुगमन गर्दा दिउँसो १ बजेर ५८ मिनेटमा पुग्दा कर्मचारी टेबुलभरी कागजपत्र थुपारेर चेस खेलिरहेको अवस्थामा भेटिएका हुन् ।
सांसद खतिवडासहित र पत्रकारहरुले टोलीले संयुक्त रुपमा गरेको कार्यालय अनुगमनका क्रममा कार्यालयका सब–इन्जिनियर आभाष पौडेलसहित तीनजना चेस खेलिरहेको अवस्थामा फेला परेका हुन् ।
सांसद खतिवडाले रंगेहात फेला परेका सव–ईञ्जिनियर आभाष पौडेलले खाजा खाने समयमा समयमा मनोरञ्जन गरेको दाबी गरे । आफ्नै कार्यकक्षमा भवन निर्माणको जिम्मेवारी लिएर आएका अन्य दुईजना जम्मा पारेर उनी चेसमा भिडिरहेका थिए ।
प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा र पत्रकारको संयुक्त अनुगमनमा लापरबाही भेटिएपछि सव–ईञ्जिनियर पौडेल र भवन शाखाको कार्यालय बनाउन ठेकेदार कम्पनीको जिम्मा लिएर आएका अन्य दुई कर्मचारीलाई निमित्त कार्यालय प्रमुखले तत्कालै स्ष्टिकरण लिएका छन् । निमित्त कार्यालय प्रमुख शाहले उनीहरुबारेमा विभागमासमेत जानकारी गराइसकेको ताए ।
भवन कार्यालयका शवईञ्जिनियर आभाष पौडेल, बन्दना भगवती निर्माण सेवाका ईञ्जिनियरहरु मदन खत्री र निरञ्जन खड्कालाई भवन शाखाका निमित्त प्रमुख आत्मकुमार शाहले प्रष्टिकरण लिएर सम्बन्धित कार्यालयमा मौखिक जानकारी गराइसकेका छन् । प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले बिहीवारै नुवाकोटका तीन वटा सरकारी कार्यालयको अवलोकन गरेका हुन् ।