अन्ततः सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे आत्मसमर्पण

अन्ततः सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे आत्मसमर्पण

  • बिहिबार, जेष्ठ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

वीराटनगर, १७ जेठ ।

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।

आज उनले जिल्ला अदालत, मोरङमा पुगेर आत्मसमर्पण गरेका हुन् । खत्रीको अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी गरेर खोजी भईरहेको थियो ।

यसअद्दि पक्राउ परेका सुन काण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए ।
उनले खत्रीसँग सेटिङ मिलाउने कार्य आफुले नगरेर छिरिङ वालेङ घलले गर्ने गरेको बयान दिएका छन् ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

यसअघि पनि दुबईबाट आएको ३४ किलो सुन काण्डमा खत्री पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

खत्रीले आत्मासमर्पण गरेसँगै उनको बयानले सुन तस्करी प्रकरणको माथिल्लो जालो खुल्न सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ