तस्कर र भ्रष्टाचारीविरुद्ध स्टिङ अपरेसन चलाउने गृहमन्त्री थापाको घोषणा, काम नगर्ने ठेकेदारको नाम र फोटो छाप्न आह्वान

तस्कर र भ्रष्टाचारीविरुद्ध स्टिङ अपरेसन चलाउने गृहमन्त्री थापाको घोषणा, काम नगर्ने ठेकेदारको नाम र फोटो छाप्न आह्वान

  • बिहिबार, जेष्ठ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ, १७ जेठ ।

गृहमन्त्री रामबहादुर थापा बादलले निर्माणको जिम्मा लिने तर समयमै काम नसक्ने ठेकेदारहरुको नाम र फोटो सन्चार माध्यमबाट सार्वजनिक गर्न पत्रकारहरुलाई आह्वान गर्नुभएको छ ।

चितवनको सौराहामा आज नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई उदघाटन गर्दै उहाँले विकास गर्छु भनेर ठेक्का लिने तर समयमा काम नसक्नेहरु मुलुकको समृद्धिका लागि बाधक रहेको बताउनु भयो ।

गृहमन्त्री थापाले विकास र समृद्धिको पक्षमा इमान्दारीपूर्वक काम गर्ने ठेकेदारहरुलाई भने नायकको रुपमा अगाडि ल्याउन आवश्यक भएको बताउनु भयो । त्यस्ता ठेकेदारहरुलाई सरकारले आवश्यक सहयोग पनि गर्ने गृहमन्त्री थापाको भनाइ छ ।

तस्कर र भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत गर्दै उहाले श्रम नगरी अकुत सम्पती आर्जन गर्ने र सरकारको रकम दुरुपयोग गर्नेहरु विकासको बाधक भएको टिपपणी गर्नुभयो ।

अहिले पनि देशमा अस्थिरता ल्याउने, नेपाली जनताको शान्तिको चाहनालाई खलबलाउने काम भैरहेको भन्दै उनीहरुविरुद्ध सरकारले कदम उठाउने थापाले चेतावनी दिनुभयो । तस्बिर: नारायण ढुंगाना

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ