भारतीय राजदूतावासमा पुग्ने सूचना चिनियाँ एम्वेसीमा समेत जस्ताको त्यस्तै पुग्न थालेपछि…..

भारतीय राजदूतावासमा पुग्ने सूचना चिनियाँ एम्वेसीमा समेत जस्ताको त्यस्तै पुग्न थालेपछि…..

  • बिहिबार, जेष्ठ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, १७ जेठ ।

नेपालका लागि भारतीय राजदूतावास लैनचौरको प्रेस इन्फर्मेसन कल्चर वीङ्ग्स (पिआइसी)की प्रमुख रुबी जसप्रित शर्माको पूरा अवधि काम गर्न नपाउँदै सरुवा भएको छ । शर्माको सरुवापछि उक्त पदमा अभयकुमार दुवे आउँदै छन् ।

दुई दिनपछि शर्मा भारत फिर्ता हुन लागेकी छिन् । आफ्नो कार्यकालमा राम्रोसँग काम गर्न नसकेको भनेर शर्माको आलोचना भएको थियो । शर्मालाई बाँकी अवधि हुँदा–हुँदै हटाउन लागिएको स्रोतले जनाएको छ ।

अब आउन लागेका दुवे शर्मा भन्दा चलाख व्यक्ति हुन् । उनलाई भारतीय सरकारले विशेष जिम्मेवारीका साथ नेपाल पठाउँदैछ ।

शर्माले गोपाल झामार्फत नेपालका पत्रकारहरूलाई पैसा बाँडेर सूचना संकलन गर्दै आएकी थिइन् । झाले उनै शर्मामार्फत मासिक एकलाख ८० हजार रुपैयाँ बुझ्दै आएको दूतावास निकट स्रोतको भनाइ छ ।

स्रोतका अनुसार झाले सोही पैसामार्फत राजेश अहिराज, निमिष झामार्फत सूचना संकलन गरेर शर्मालाई रिपोर्टिङ गर्दै आएका थिए ।

निमिषलाई चिनियाँ दूतावास नजिक र अहिराजलाई नेपाली सेना निकटको भनेर दूतावास रिपोर्टिङ भएपछि शर्मा समस्यामा परेकी हुन् ।

भारतीय राजदूतावासमा झामार्फत पुग्ने सूचना चिनियाँ एम्वेसीमा समेत जस्ताको त्यस्तै पुग्न थालेपछि समस्या उत्पन्न भएको स्रोतको भनाई छ ।

भारतीय राजदूतावासले विभिन्न निकायमार्फत सूचना संकलन गर्दै आएको छ । पिआइसी प्रमुख शर्मालाई एम्वेसीले कारबाही स्वरुप हटाउन लागेको बताइएको छ ।

युनाइटेड पोस्ट साप्ताहिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ