मापदण्ड विपरीत पिउने पानी जारमा भरी बिक्री गर्ने मातातीर्थस्थित सगरमाथा फुड एण्ड विभरेज प्रालिमा सिलबन्दी 

मापदण्ड विपरीत पिउने पानी जारमा भरी बिक्री गर्ने मातातीर्थस्थित सगरमाथा फुड एण्ड विभरेज प्रालिमा सिलबन्दी 

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौँ, १६ जेठ । 

पिउने पानी मापदण्ड सम्बन्धीको निर्देशिका, २०७४ विपरीत सञ्चालनमा रहेको मातातीर्थस्थित सगरमाथा फुड एण्ड विभरेज प्रालिमा आज सिलबन्दी गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा आज व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु फेला नपरेको तथा पिउने पानी मापदण्ड सम्बन्धीको निर्देशिका विपरीत हातले पानीको बोतल भरेको, विभिन्न कम्पनीका स्टिकर लगाइएको, जारमा पानी भरी बिक्री वितरण गरेको देखिएपछि हाललाई सम्पूर्ण सामग्री सञ्चालनमा स्वयम्को जिम्मामा रहने गरी सम्पूर्ण कारोबार रोक्का समेत गरिदिएको छ ।

उक्त स्थानबाट आक्वा एण्ड ब्राण्डको २०१८ मे मा उत्पादित एक लिटरको दुई बोतल नमूना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाउनाका साथै विभिन्न कम्पनीको स्टिकर भएको जार २१४ वटा, एक लिटरको पानी भरिएको प्याकिङ गरिएको ४७ बाक्सा र बाक्सामा प्याकिङ नगरेको ३६० बोतल पानी बिक्री वितरण नगर्न निर्देशन दिइएको अनुगमन संयोजक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, विभागले आजै गरेको अनुगमनका क्रममा सनसाइन विभरेज प्रोडक्सन प्रालि, मातातीर्थले मुहानको सरसफाइ नभएको तथा ट्यांकीका बिर्कोहरु खुल्ला रुपमा रहेको मुहानको सरसफाइमा उचित व्यवस्थापन गर्न, ट्यांकरबाट वितरण गर्ने पानीमा पनि क्यालोरी अनिवार्य रुपमा राख्न, स्टोरेज ट्यांकीको नियमित सरसफाइ गर्ने, ट्यांकीमा बिर्कोको व्यवस्था गर्न र उपरोक्त सम्पूर्ण काम सम्पन्न गरी एक महिनाभित्र फोटोसहित यस विभागमा प्रमाण पेश गर्न निर्देशन दिएको छ ।

दुवा फुड प्रोडक्ट एण्ड विभरेज प्रालि मातातीर्थलाई पनि सफाइमा विशेष ध्यान दिन निर्देशन दिनाका साथै प्रयोग गर्न अयोग्य, बिग्रेको, कुचिएको २९ वटा पानीको जार नष्ट गरिएको छ । स्प्रिङ मिनरल वाटर अफ मातातीर्थलाई पनि साइनबोर्ड राख्न, खाद्य अनुज्ञापत्र नवीकरण गर्न र साइनबोर्ड राख्न विभागले सात दिनको अवधिसहित निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ