१६ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत आयकरको स्ल्याब हेरफेर गरेकाे छ । धेरैलाइ बजेटमार्फत आय करमा गरिएको नयाँ व्यवस्थाले फाइदा छ या घाटा थाहाँ छैन ।
तर नयाँ व्यवस्थाले निम्नमध्यम वर्गलाई पक्कै पनि राहत दिने छ । वर्षमा साढे ६ लाखसम्म आम्दानी गर्नेलाई विगतमा भन्दा कम कर तिरे पनि हुने भएको छ । त्यसभन्दा बढी तलब बुझ्नेहरुको हकमा यो केही बढी आयकर लाग्ने भएको छ ।
अहिले पुरानै व्यवस्था अनुसार प्राकृतिक एकल व्यक्तिले साढे ३ लाखसम्म १ प्रतिशत आय कर तिर्छन् । साढे ३ देखि साढे ४ लाख कमाउनेले सुरुको साढे ३ लाखमा १ प्रतिशत र बाँकीमा १० प्रतिशत आयकर तिर्छन् । यसअघि १५ प्रतिशत कर तर्नुपर्नेमा अब नयाँ व्यावस्थापछि नयाँ बजेटले १० मा झारेको हो ।
साढे ४ देखि साढे ६ लाख कमाउनेले सुरुको साढे ३ लाखमा १ प्रतिशत, साढे ३ देखि साढे ४ लाखसम्म -१ लाखमा) १० प्रतिशत र बाँकीको हकमा २० प्रतिशत आय कर तिर्नुपर्छ । जबकी यसअघि साढे ४ देखि २५ लाखसम्मको आम्दानीमा यस्तो कर २५ प्रतिशत थियो ।
साढे ६ देखि २० लाखसम्म कमाउनेले साढे ३ लाखमा १ प्रतिशत, साढे ३ देखि साढे ४ (१ लाख) मा १० प्रतिशत, साढे ४ देखि सोढ ६ लाख (२ लाख) मा २० प्रतिशत कर तिर्नुपर्छ । त्यसपछि बाँकी कमाइमा ३० प्रतिशत कर तिर्नुपर्छ ।
यसैगरी २० लाख बढी आम्दानी गर्नेलाई अतिरिक्त २० प्रतिशत कर लाग्ने बजेटमा भनिएको छ । यो भनेको सुरुको साढे ३ लाखमा १ प्रतिशत, साढे ३ देखि साढे ४ (१ लाख) मा १० प्रतिशत, साढे ४ देखि साढे ६ लाख -२ लाख) मा २० प्रतिशत कर लाग्छ । त्यसपछि साढे ३१ लाख (१३.५ लाख) मा ३० प्रतिशत आयकर लाग्छ ।
यसो गर्दा २० लाखको कमाइको आयकर तिरिसकिन्छ । बाँकी रकमको हकमा ३६ प्रतिशत कर लाग्छ ।
अब कसले कति कर तिर्नुपर्छ :

