राष्ट्रपति पुटिनका आलोचक रुसी पत्रकारको गोलीहानी हत्या

राष्ट्रपति पुटिनका आलोचक रुसी पत्रकारको गोलीहानी हत्या

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

किभ, १६ जेठ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या भएके छ ।

युक्रेनको राजधानी किभमा ४१ बर्षिय अर्काडी बाब्चेन्को को हत्या भएको हो । अर्काडीले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए ।

राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए । उनको हत्यापछि प्रहरीेले अनुसन्धान सुरु भएको बताएको छ ।

रुसका चर्चित र खोज पत्रकारको रुपमा काम गरिरहेका उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा केही समय अघि निकै समाचारहरु लेखेका थिए ।

युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ गोली हानी छोडिएको अवस्थामा फेला परेका उनको केही क्षणमै ज्यान गएको थियो । उनको शरीर रगतले लत्पतिएको अवस्थामा भेटिएको किभ प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको भन्दै तर अहिलेसम्मको अवस्था हेर्दा उनको निकै पहिलादेखि नै पछ्याएर र सुनियोजित रुपमा हत्या भएको संकेत मिलेको जनाएको छ ।

उनलाई गोली हानेको आवाज सुनेको र घटनास्थलमा पुग्दा उनको अवस्था निकै गम्भीर पाएको उनकी श्रीमतीले जनाएकी थिइन् ।

उनी रुसको आलोचकका रुपमा किभमा मारिने दुई वर्ष यताका दोस्रो पत्रकार हुन् । दुई वर्षअघि पनि उनीजस्तै अर्का रुसका आलोचक पत्रकारको किभमा नै हत्या भएको थियो ।

किभका प्रहरी प्रवक्ता यार्सालोभ तारकोलोले पत्रकार बाब्चेन्कोको हत्या उनको व्यवसायसँग जोडिएको हुनसक्ने अनुमान गरेका छन् । उनले भनेका छन्– उनको पत्रकारिता व्यवसाय र उनको कार्यसम्पादनजस्ता विषय नै उनको हत्याको कारण हुनसक्छ ।

मस्को छोड्नुअघि उनले रुसको विपक्षी दलहरुको समर्थनमा प्रकाशित पत्रिका नोभिया गजेटामा काम गर्ने गर्दथे । उनी किभमा रहेर स्तम्भ लेख्ने कामगर्थे भने उनका लेखहरु निकै चर्चित हुने गर्दथे ।

उनलाई पछाडिबाट गोली हानिएको प्रहरीले जनाएको छ । अचेत अवस्थामा भूईँमा लडेका उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मत्यु भएको प्रहरीको भनाई छ ।

उनले सन् २०१६ मा रुसमा दुर्घटनाग्रस्त एउटा रुसी सैनिक विमानको बारेमा आलोचनासहितको एक समाचार लेखेका थिए । त्यसपछि आफूलाई मार्ने धम्की आएको उनले बताएका थिए ।

त्यस लगत्तै उनले रुस छाडेको समाचार त्यतिबेला पनि आएको थियो । केही महिना प्राग बसेका उनी पछि युक्रेनको राजधानी किभमा सरेका र पछिल्लो एक वर्ष त्यहीँ बस्दै आएका थिए ।

सुरुमा यी पत्रकार सेनाका जागिरे रहेको र पछि त्यो जागिर छोडेर पत्रकारितातर्फ लागेको पाइएको छ । सेनामा भर्ना भएका उनी सन् १९९४ देखि २००० सम्मको चेचेन युद्धमा पनि खटेका थिए ।

रुसी राष्ट्रपति पुटिनका आलोचकहरु रुसमा बस्न नसक्ने अवस्था भएपछि युक्रेनमा बस्ने गरेका छन् । पुटिनका आलोचक अरूजस्तै बाब्चेन्को पनि छिमेकी देश युक्रेनमा बस्दै आएका हुन् ।

तर रुस विरोधी नेता र पत्रकारहरुका लागि पछिल्ला केही वर्षहरुमा किभ पनि एक असुरक्षित स्थान बन्दै गएको महसुश भएको बताइन्छ । दुई वर्षयता पुटिन विरोधी अरु पनि नेता र पत्रकार किभमा मारिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ