गिरफ्तार नेताकार्यकर्तालाई तत्काल रिहा गर्न अनेम संघ क्रान्तिकारीको माग

गिरफ्तार नेताकार्यकर्तालाई तत्काल रिहा गर्न अनेम संघ क्रान्तिकारीको माग

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडौं, १६ जेठ । अखिल नेपाल महिला संघ क्रान्तिकारीले आफ्नो सङ्गठनका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै तत्काल र बिनासर्त रिहाइको माग गरेको छ ।

अनेम संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सङ्गठनका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै तत्काल र बिनासर्त रिहाइको माग गर्नुभएको छ ।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी मेची ब्युरो संयोजक सीता थापालाई पाँचथरको फिदिमस्थित आफ्नै घरबाट बच्चा स्कुल पु-याउन गइरहको बेला प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

त्यसैगरी केही दिन पहिले झापाको बिर्तामोडबाट ६ महिनाको बच्चासहित आमा स्मृति रिजाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै डेराबाट पक्राउ गरेको अनेम संघ (क्रान्तिकारी) ले जनाएको छ । प्रहरीले पक्राउको कारण खुलाएको छैन ।

उनी नेकपा निकट भएकै कारण पक्राउ गरिएको हुनसक्ने बताइएको छ । चन्दले ओली सरकारद्वारा चलाइएको यस्तो खालको आतङ्क तत्काल बन्द गर्न आग्रह गर्दै मानव अधिकरवादी सङ्घसंस्थाहरूलाई घटनाको सत्यसत्य सार्वजनिक गर्न माग पनि गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ