नारायणहिटीमा श्रीपेच सार्वजनिक गरिदै ,कस्तो छ राजमुकुट ?

नारायणहिटीमा श्रीपेच सार्वजनिक गरिदै ,कस्तो छ राजमुकुट ?

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, १६ जेठ ।

सरकारले नारायणहिटी दरबार संग्राहलयमा रहेको राजसंस्थाको प्रतिक राजमुकुट (श्रीपेच) सार्वजनिक गर्ने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबीन्द्र अधिकारीले राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिना भित्र सार्वजनिक गर्ने योजनाअघि सार्नु भएको छ ।सअघि पनि सरकारले राजमुकुटलाई सार्वजनिक गर्ने प्रतिवद्धता पटक–पटक दिँदै आएको थियो ।

आज नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा जानुभएका मन्त्री अधिकारी दरवारको उचित व्यवस्थापनका लागि गुरु योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नभएको छ ।

मन्त्री अधिकारीले नारायणहिटी दरबार संग्राहलयमा निर्माणाधिन गणतन्त्र स्मारकको काम पनि छिट्टै सम्पन्न हुने आश्वासन दिनुभयो ।

मुलुकमा गणतन्त्र स्थापना भएसँगै सरकारले नारायणहिटी राजदरबारलाई संग्राहलयको रुपमा नामाकरण गरेको थियो ।
मन्त्री अधिकारीले नारायणहिटी संग्राहलयको ऐतिहासिकता मर्न नदिन सरकारले छुट्टै समिति बनाउने योजना बनाईने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ