चालू आर्थिक वर्षको वैशाखसम्म तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

चालू आर्थिक वर्षको वैशाखसम्म तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

विराटनगर, १६ जेठ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लिएको भन्दा रु ३९ करोड ४३ लाख ६० हजार कम राजश्व संकलन भएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत दिलीपकुमार गौतमका अनुसार गतवर्ष सो अवधिमा रु तीन अर्ब ४४ करोड ५६ लाख १७ हजार राजश्व संंकलन गरिएको थियो ।

संकलित राजश्वमा आयकरतर्फ रु एक अर्ब ११ करोड ९३ लाख ३७ हजार, बहाल करतर्फ रु सात करोड ४० लाख ८२ हजार, ब्याजकरतर्फ रु चार करोड ८७ लाख १० हजार र मूल्य अभिवृद्धि करतर्फ रु ९६ करोड ३२ लाख ५० हजार रुपैया रहेको छ ।

यस्तै अन्तःशुल्क करतर्फ रु एक अर्ब ४८ करोड ९० लाख ९८ हजार, स्वास्थ्य सेवा करतर्फ रु नौ करोड ५७ लाख १८ हजार र शिक्षा सेवा करतर्फ रु दुई करोड ५५ लाख ५७ हजार रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी