जेष्ठ १६ ,काठमाडौँ / महिलालाई स्वावलम्बि र आत्मनिर्भर बनाउने उद्देश्य स्वरुप काठमाडौं महानगरपालिकाले वडास्तरीय सीपमूलक तालिममा सहयोग गर्ने बताएको छ ।
काठमाडौँका सबै वडामा महिलालाई उद्यमी बनाउने र उनीहरुको आर्र्थिक अवस्था अभिवृद्दी गर्नका लागि महानगरपालिकालको पहलमा दिदै आएको सीप मूलक तालिममा पछिल्ला दिनमा पनि सहयोग गर्ने कामपाले जनाएको छ ।
२० नं वडाबाट सुरु भएको उक्त सीपमूलक तालिम काठमाडौंको सबै ३२ वटै वडामा सञ्चालन गरिने उपमेयर हरिप्रभा खड््गीले जानकारी दिनुभयो । सोहि तालिमका महिला प्रशिक्षार्थीहरुद्धारा उत्पादित वस्तुहरुको हिजो राजधानीको बसन्तपुरमा प्रर्दशन तथा विक्री वितरण गरिएको थियो ।
प्रदशनमा राखिएका बस्तुमा हातले बनाएका पुनःप्रयोगमा ल्याइएका प्लास्टिकबाट निर्मित सजावट, ब्याग, खाद्य सामग्री लगाएत रहेको थियो । उक्त प्रदर्शनको अवलोकन गर्दै उपमेयर खड््गीले एक वर्षको तालिमबाट प्राप्त उपलब्धि उत्साहजनकरहेको बताउनु भयो ।
