नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने नेकपाकाे उदघोष, अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्नेः राई

नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने नेकपाकाे उदघोष, अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्नेः राई

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, १६ जेठ ।

नेपाल कम्युनिस्ट पार्टीले अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्दै नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उदघोष गरेको छ । नेकपाका केन्द्रीय जनसरकारका उपप्रमुख पदम राईले अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्दै नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उदघोष गरेका हुन् ।

क्रान्तिकारी जिल्ला जनपरिषद रामेछापको प्रथम जिल्ला भेलाको मंगलबार उद्घाटन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्। राईले जनताको वास्तविक शासन व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नहुदासम्म सुशासन र समृद्धि नहुने भन्दै अब गाउँगाउँबाट जनसत्ता विस्तार गर्दै अघि बढ्ने र पुरानो सत्तालाई खाली गर्ने बताए ।

भेलाले विवेक लामा प्रमुख रहेको १५ सदस्यीय जिल्ला जनपरिषद गठन गरेको छ । जसको उपप्रमुखमा टिकाप्रसाद बसरेल रहेका छन भने सदस्यहरुमा कमल घिसिङ, पाण्डव सुवेदी, श्याम श्रेष्ठ, रणबहादुर तामाङ, दिपक मगर, मनोज मगर, इन्द्र तामाङ, चित्रबहादुर भण्डारी र पार्वति तामाङ रहेका छन् ।

यस्तै भेलाले भावना गुुरुङलाई सभामुखमा चयन गरेको छ । तत्कालीन जनयुद्धको बेला ग्रामीण क्षेत्रकोे ८० प्रतिशत भूभागमा जनसत्ता स्थापना भएको थियो भने पुरानो सत्ता तथा सरकार सदरमुकाममा मात्र केन्द्रित थियो । अहिले पनि नेकपाले विभिन्न ठाउँमा जनपरिषद गठन गर्दै जनसत्ताको अभ्यास गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ