काठमाण्डौमा नेविसंघको अर्धनग्न प्रदर्शन,यस्तो छ कारण

काठमाण्डौमा नेविसंघको अर्धनग्न प्रदर्शन,यस्तो छ कारण

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौँ, १५ जेठ

नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै आज कपडा खोलेर (अर्धनग्न) प्रदर्शन गरेको छ ।

नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद् ढुंगेललाई आममाफी दिएको विरोधमा अर्धनग्न प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोप समेत लगाउनुभयो । अध्यक्ष नैनसिंह महरका अनुसार शंकरदेव क्याम्पस अगाडिबाट नेता कार्यकर्ताले अर्धनग्न भएर विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनले पुतलीसडक, बागबजार परिक्रमा गरेको छ।

उनीहरुले ‘हत्यारा छोड्न पाइँदैन, ओली सरकार चाँहिदैन, कम्युनिष्ट सर्वसत्ताबाद देखियो, न्यायको घाँटी रेटियो’ लगायत नारा लगाएका थिए।

नेविसंघका अध्यक्ष महरले ढुंगेलको रिहाइले कानूनी राज्यको उपहास भएको बताए। ‘मान्छे मार्नेलाई सरकारले छोड्दै जाने हो भने कानुनको औचित्य के ?’, महरले भने, ‘देशलाई अस्तव्यस्त बनाउने खालका क्रियाकलाप कदापी स्वीकार्य हुँदैन।’

आइतबार मन्त्रिपरिषद्को बैठकले ढुंगेलसहित ८१६ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ