बालकृष्ण ढुंगेलको रिहाइमा कांग्रेसको आपत्ति, राजाले माफी दिएझैं प्रधानमन्त्रीलाई त्यो सुविधा छैनः गगन

बालकृष्ण ढुंगेलको रिहाइमा कांग्रेसको आपत्ति, राजाले माफी दिएझैं प्रधानमन्त्रीलाई त्यो सुविधा छैनः गगन

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, जेठ १५ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी–मिनाहाको निर्णय फिर्ता लिन संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।

संघीय संसदको आजको बैठक प्रारम्भमै कांग्रेसका सबै सांसदहरु आफ्नो आशनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद गगन थापालाई बोल्न समय दिनुभएको थियो ।

सांसद थापाले ढुंगेल व्यक्ति हत्याका आरोपमा सर्वोच्च अदालतबाट फैसला भइ थुनामा परेका हुनाले सो मुद्दालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याएर हेर्न नमिल्ने जिकिर गर्नुभयो ।

थापाले सरकारले ढुंगेलको चालचलन सुध्रिएको भनेर विगतमा राजाले माफी दिएझैं वर्तमान प्रधानमन्त्रीलाई त्यो सुविधा नभएको भन्दै यस्तो निर्णय फिर्ता लिनुपर्ने बताउनु भयो ।

काग्रेसको उक्त बिरोध पश्चात् मात्रै बैठक चालू भइ अर्थमन्त्रीले बजेट प्रस्तुत् गर्नुभएको थियो ।

तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्वसांसद ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि उनी आजै डिल्लीबजार कारागरबाट रिहा हुनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी