कुल वजेट १३ खर्ब १५ अर्बः कुन क्षेत्रमा कति बजेट विनियोजन ?

कुल वजेट १३ खर्ब १५ अर्बः कुन क्षेत्रमा कति बजेट विनियोजन ?

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं, जेठ १५ । सरकारले आगामि आर्थिक वर्ष २०७५/७६ का लागि कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट प्रस्तुत गरेकोमा सबैभन्दा धेरै बजेट शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका लागि विनियोजन गरेको छ ।

त्यसपछि भौतिक पूर्वाधार, ऊर्जा, भवन र सहरी विकास, स्वास्थ्यलगायतमा बढी बजेट विनियोजन गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमा १ खर्ब ३५ अर्ब रुपैयाँ छुट्याइएको छ ।

यस्तै, यातायात पूर्वाधारमा १ खर्ब ९ अर्ब छुट्याइएको छ ।

मंगलबार सार्वजनिक गरिएको बजेटमा सरकारले पुनःर्निर्माणका लागि १ खर्ब ५१ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी, ऊर्जा क्षेत्रको विकासका लागि ८३ अर्ब ८९ करोड, स्वास्थ्य क्षेत्रका लागि ५६ अर्ब बजेट छुट्याइएको छ ।

भवन र सहरी विकासका लागि ३३ अर्ब, खानेपानीतर्फ २४ अर्ब, हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड बजेट विनियोजन भएको छ ।

यस्तै, वन तथा वातावरणका लागि १६ अर्ब ५८ करोड, उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि १० अर्ब ४४ करोड र पर्यटन क्षेत्र विकासका लागि ५ अर्ब २० करोड बजेट सरकारले विनियोजन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ