काठमाडौं, १५ जेठ । झापाको बिर्तामोड नगरपालिका वार्ड नं. ५ स्थित जात्रुबाडी निवासी सुरेन्द्र राजबंशीको हत्या भएको खुलासा भएको छ ।
प्रहरी र गुण्डाको मिलेमतोमा मृतक राजबंशिलाइ अपहरण गरेर भारत पुर्याइ २०७४ फाल्गुण ९ गते हत्या गरिएको घटना सार्बजानिक भएको हो ।
हत्या अघिपनि राजवशिंमाथि गोलि प्रहार भएको तर उनी बाच्न सफल भएका पारिवारिक श्रोतले बताएको छ ।
जग्गाको बिषयलाई लिएर सुरु भएको बिबादले अन्ततः उनको हत्या भएको हो । राजवंशिको हत्या प्रकणलाई लिएर नेपाल कम्युनिस्ट पार्टी झापाले एक बिज्ञप्ती जारी गरेको छ ।
झापाका सेक्रेटरी सौगात आचार्यद्वारा हस्ताक्षरित बिग्यप्तीमा संबन्धित निकायले घटनाको छानबिन गरेर दोसिलाइ कार्बाही नगरे जन अदालतले कार्बाही गर्ने चेतावनी दिनुभएको छ ।
जग्गाकै कारण गयो ज्यान ?
मृतक राजबंशिको नाममा भएको जग्गा बिर्तामोडका स्थानिय गुण्डा टेक लिम्बू र प्रहरिका घुमुवा असइ अम्बिका पोख्रेलले खरिद गर्ने भनी जग्गाको मोल १६ करोड ५० लाख राखेको र उक्त मुल्यमा सहमती गरि जग्गा खरिद गर्न बैना स्वरुप मृतकलाइ २५ लाख दिएको परिवारिक श्रोत बताउछ ।
तर पछि बुज्दै जांदा प्रहरी अम्बिका पोख्रेल र गुण्डा टेक लिम्बुले उक्त जग्गा बापत एक मारवाडी संग १ करोड ५० लाख लिएर मृतकलाइ २५ लाख दिएको बुझ्नमा आएको छ ।
जग्गा पास गर्न जबर्ज्स्ति गरेपछी नमान्दा उनको हत्या प्रयास भएको र पछि उनी मृतकलाइ अपहरण गरेर हत्या गरेपछी परिवारका सदस्यहरुलाइ प्रहरी अम्बिका र गुण्डा लिम्बुले हामिले १० करोड पैसा दिएको हुनाले बांकी ५ करोड लिएर जग्गा हाम्रो नाममा पास गर्दिनु भनी दबाब दिएको परिवारका एक सदस्यले बताएका छन ।
हत्या पछि किटानी जाहेरी दिन बिर्तामोड इलाका प्रहरी कार्यलयमा जांदा डिएसपि कृष्ण कोइरालाले जाहेरि लिन नमानेको पिडितहरुको भनाइ छ ।
त्यसपछी डिएसपी कोइरालाले मृतकको परिवारलाई फोन गरेर जग्गा पास गर्दीहाल्नुस त्यसपछी किटानी जाहेरी लिउंला भनी भनेको अडिओ टेप पनि सार्बजानिक भएको छ । यसले मृतक हत्यामा प्रहरी र गुण्डाको मिलेमतो रहेको आसंका उब्जिएको छ ।
