नेपाल कम्युनिस्ट पार्टीद्धारा भुमाफिया चिन्तामाणी पाण्डेमाथि जनकार्वाही

नेपाल कम्युनिस्ट पार्टीद्धारा भुमाफिया चिन्तामाणी पाण्डेमाथि जनकार्वाही

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टीले बुटवल उपमहानगरपालिका–१७ रानिगन्जमा सार्वजनिक जग्गा कब्जा गरेर प्लटिङको तयारी गरेपछि सो जग्गामा लगाएको पर्खाल भत्काईदिएका छन् ।

पार्टीको जनसरकारले सार्वजनिक जग्गा कब्जा गरेर सुकुम्बासीको उठिबास लगाएको भन्दै भुमाफिया चिन्तामाणी पाण्डेमाथि चेतावनी स्वरुप सांकेतिक रुपमा उक्त कार्वाहि गरेको पनि जनाएको छ ।

पाण्डेले रानिगन्जमा सार्वजनिक जग्गा कब्जा गरेर जग्गामा चारैतिर पर्खाल लगाएका थिए ।

जनपरिषद्का कार्यकर्ताले उक्त पर्खाल भत्काएका छन् । सोही ठाउँमा जनपरिषद्को नाममा पर्चा पनि भेटिएको छ ।

उक्त पर्चामा पाण्डेले सार्वजनिक जग्गा कब्जा गरेर आफ्नो नाममा गरेको, सुकुम्बासीको उठिबास लगाएर उनीहरुका घर जग्गा हडप्ने गरेको, केही व्यक्तिहरुसँग मिलेर सुकुम्बासीलाई हट्न दवाव दिँदै आएकाले जनकार्वाहि गरेको उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ