१५ जेठ,रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला जिल्ला जनपरिषद र जनप्रतिनिधिसभा गठन गरेको छ । मंगलबार सम्पन्न प्रथम जिल्ला भेलाले विवेक लामालाई प्रमुख चयन गरेको छ । लामाको नेतृत्वमा १५ सदस्यीय जिल्ला जनपरिषद् गठन गरिएको नेकपा रामेछापले जनाएको छ ।
त्यसैगरी सोही भेलाले जनप्रतिनिधिसभा समेत गठन गरेको छ । जनप्रतिनिधिसभाका सभामुखमा भावना गुुरुङ चयन भएकी छन् । नेकपाका अनुसार जनपरिषद्ले जनताको सत्ताको रुपमा दैनिकी कार्यहरु सम्पादन गर्नेछ भने सभाले जनताको प्रनितिधिहरुको सभा संचालन गर्नेछ । साथै सभामा जनताका एजेण्डाहरुमाथि छलफल र बहस गरिनेछ ।
गठनपछि जिल्लामा जनयुद्धकालीन झल्को दिएको र जनताका समस्याहरुलाई वैज्ञानिक तरिकाले समाधान हुने विश्वास पलाएको नेकपा रामेछापले दावा गरेको छ । दलाल संसदीय व्यवस्थाबाट आजित नागरिक यो गठनले समाचारले उत्साहित भएको उसको दाबी छ । अब सामाजिक विकृति र विसंगति हटाउन सशक्त भूमिका जनपरिषद्ले निभाउने बताइएको छ ।
भेलालाई सम्बोधन गर्दै भेलाका प्रमुख अथिति जनपरिषदका केन्द्रीय उपप्रमुख पदम राई ‘विकास’ ले जनताको सत्ता र सभा गठनसँगै गाँउबाट पुरानो सत्ता खाली हुने र नयाँ जनसत्ता स्थापना हुने बताए । दैनिक समस्याका विषयहरु सत्तामा राख्न समेत जनतालाई आग्रह गरे । सुक्ष्म पहिचान गरेर सामाजिक दलाल फासिवादीहरुलाई गाउँगाउँबाट खेद्ने चेतावनी उनले दिए ।
‘जनताको वास्तविक शासन व्यवस्था भनेकै वैज्ञानिक समाजवादी सत्ता हो । यो नभएसन्न देश र जनताले मुक्ति प्राप्त गर्न सक्दैन’ पार्टीका पोलिट ब्यूरो सदस्य समेत रहेका उपप्रमुख राईले भने । देशका कुनाकुनाबाट घुसखोरी, भ्रष्टाचारी र दलालहरु निमिट्यान्न पार्ने समेत उनले बताए । गठन क्रम देशैभर चलिरहेको पनि भेला जानकारी दिइएको थियो ।
जनपरिषदका उपप्रमुखमा टिकाप्रसाद बसरेल चयन भएका छन् । सदस्यहरुमा पार्वती तामाङ, कमल घिसिङ, पाण्डव सुवेदी, श्याम श्रेष्ठ, रणबहादुर तामाङ, दिपक मगर, मनोज मगर, इन्द्र तामाङ र चित्रबहादुर भण्डारी रहेका छन् । जिल्लामा नेकपाकाे गतिविधि तीव्र बन्दै गइरहेकाे विभिन्न दलका नेताहरुले बताउँदै अाएका छन् ।
२०५२ देखि दस वर्षसम्म चलेको दसजनयुद्धकालमा तत्कालीन नेकपा (माओवादी)ले गाउँ र टोल स्तरमा जनसत्ता गठन गरेर जनताको सत्ता अभ्यास गरेको थियो ।