अदालतको आदेश मान्दैन प्रहरी, नेकपा नेता राई सहित चार जना पुनः रिहा लगत्तै पाचौं पटक अदालत परिसरबाटै गिरफ्तार

अदालतको आदेश मान्दैन प्रहरी, नेकपा नेता राई सहित चार जना पुनः रिहा लगत्तै पाचौं पटक अदालत परिसरबाटै गिरफ्तार

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

विराटनगर, १५जेठ ।

केपी ओली नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथिको धरपकड अझै रोकेको छैन । नेकपा केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ४ जना नेताहरुलाई आज पनि रिहा गरे लगत्तै पुनः प्रहरीले माथिको आदेश भन्दै गिरफ्तार गरेको छ ।

केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम र सेक्रेटरी नवराज भट्टराईलाई उच्च अदालत विराटनगरले रिहा गरेलगत्तै पुनः मोरङको प्रहरी टोलीले गिरफ्तार गरेको हो ।

यसअघि जेठ ८ गते उच्च अदालतले रिहा गरेलगत्तै अदालत परिसरबाटै चारै जना नेताहरुलाई गिरफ्तार गरि सुनसरी पुर्याईएको थियो । आज पनि उच्च अदालतले अदालतको आदेश मानेर रिहा गरिएका नेताहरुलाई पुनः पक्राउ नर्ग निर्देशन दिएपनि त्यसको उल्लङघन गर्दै मोरङ प्रहरीले गिरफ्तार गरेको हो ।उनीहरूलाइ झापा पुर्याइएकाे छ ।

अदालतले छाडेपनि प्रहरीले गिरफ्तार गरेर अदालतको आदेश उल्लङघन गरेको भन्दै आज विराटनगर उच्च अदालतले अदालतकै कर्मचारीको रोहवरमा रिहा गर्ने र उनीहरुलाई गिरफ्तार नगर्न भनेपनि प्रहरीले माथिको आदेश भन्दै पुन समातेको हो ।

गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरि चैत २९ गते धनकुटा जिल्ला प्रशासनले सामान्य धरौटिमा छोडे लगत्तै उनीहरुलाई पुन उदरपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।
त्यसपछि गत २७ वैशाख मा उदयपुर जिल्ला अदालतले रिहा गरेपछि मोरङ्गबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।

उनीहरुलाई जेठ ८ गते पनि रिहा भएलगत्तै पक्राउ गरि सुनसरी पुर्याईएको हो ।यो सँगै रिहा गर्दै समाउदै गरेको पाँचौ पटक पुगेको छ ।

-फाईल फोटो

 

यो पनि पढ्नुहोस् ।

अदालतले छाडेलगत्तै राई सहितका नेकपा नेताहरु पुनः गिरफ्तार, विराटनगरमा पक्राउ गरि सुनसरी पुर्याइयो

 

नेकपाका नेतालाई अदालत छाड्ने प्रहरी पक्रनेः रिहापछि राई सहित ५ जना अदालतबाटै राति नै गिरफ्तार

रिहा लगत्तै पुनः पक्राउ गर्न खोजेपछि नेकपा नेता राई सहित ५ जना अदालत भित्रै, प्रहरी बाहिर तैनाथः दुई जनालाई संखुवासभा लगिदै

नेकपाका नेता राई सहित ७ जना रिहा भएलगत्तै पुनः गिरफ्तार, उदयपुर लगिदैँ: वैशाख ४ गते पूर्वी कमाण्ड बन्द

नेकपाका केन्द्रिय सदस्य किरण राई सहित काेसी ब्युरोका सात नेतालाई प्रहरीले गर्यो गिरफ्तार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ