गणतन्त्र विरोधी नै मालिक बनेपछि मलाई जेल हालियो: ढुंगेल

गणतन्त्र विरोधी नै मालिक बनेपछि मलाई जेल हालियो: ढुंगेल

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, जेठ १५ ।
गणतन्त्र दिवसको अवसरमा आज तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल रिहा हुनुभएको छ । असल चालचलन रहेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेलसहितलाई कैदीबन्दीलाई आममाफी दिनुभएको हो ।

रिहा भएसँगै आज बिहान डिल्लीबजार कारागारबाट सीधै पेरिसडाँडास्थित तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पुग्नुभएका ढुंगेलले सरकारको शासकीय प्रवृत्तिका कारण आफू जेल जानु परेको बताउनु भयो ।
पेरिसडाडामा आयोजित सभालाई सम्बोधन गर्दे गणतन्त्र विरोधी नै गणतन्त्रको मालिक बनेपछि आफू कारागार जानुपरेको बताउनु भयो ।

मुलुकमा गणतन्त्रको माग गर्दै आन्दोलन चलिरहेका बेला संकटकाल लगाउन, टाउकाको मूल्य तोक्ने र योद्धाहरुलाई बेपत्ता बनाउने काममा संलग्नहरु नै गणतन्त्र प्राप्तीपछि नेतृत्वमा पुगेकाले आफूमााथि अन्याय भएको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘मैले गणतन्त्र माग्दै गर्दा, गणतन्त्र जिन्दावाद भन्दै गर्दा, मेरो हिटरमा पिसाब फेराएर किड्नी ड्यामेज गर्दिने शेरबहादुर देउवाजीहरु गणतन्त्र आइसकेपछि प्रधानमन्त्री बन्नुहोला र गणतन्त्रको मालिक बनेपछि फेरि मलाई अपराधीकरण गर्दे जेल पठाउनुहुन्छ होला भन्ने मैले त्यो हिरासतमा, त्यो मुर्छनामा कल्पना गरेको थिइनँ ।

गणतन्त्र स्थापना भएपछि हिसाब किताब हुन्छ, गणतन्त्र माग्दाखेरी टाउकाको मूल्य तोक्नेहरु, गणतन्त्र हेरेर पश्चातापको आँशु बगाउँछन् होला भन्ने थियो । पछि तिनै हिटरमा पिसाब फेराउनेहरु, गणतन्त्र माग्दा टाउकाको मोल तोक्नेहरु, संकटकाल घोषणा गर्नेहरु नै गणतन्त्रका मालिक बने उहाँले भन्नुभयो ।

ढुङगेलले भन्नुभयो, जब गणतन्त्र माग्दा संकटकाल घोषणा गर्ने र हिटरमा पिसाब फेराउने अनि नागार्जुनका जंगलमा लगेर योद्धाहरु बेपत्ता पार्नेहरु गणतन्त्रको मालिक बन्न पाएपछि बालकृष्ण ढुंगेल जानु थियो कारागार । म गएँ । र आज फेरि रिहा भएको छु ।”

उहाँले गणतन्त्रलाई ‘अपहरण’ गर्दै र न्यायालयलाई ‘बलात्कृत’ गरेर आफूलाई जेल हालिएको गरिएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म बालकृष्ण ढुंगेल न्यायालयको बेन्चबाट बलात्कृत भएको पात्र हूँ ।’
त्यसअघि डिल्लीबजार कारागारबाट बाहिरिने क्रममा पत्रकार, वकिल र न्यायधिस एक थाल भातको निम्ति बिकेको बताउनु भएका ढुङगेलले उक्त सभालाई सम्बोधन गर्दै सञ्चार जगत, न्यायालय र वकिलहरुलाई ‘ब्राण्डेड रक्सी’ र ‘एक थाल भातका भतुवा’ को संज्ञा दिनुभयो ।

आफू अपराधी नभएको भन्दै ढुंगेलले ढिलै भए पनि सत्यको विजय भएको बताउनुभयो ।
ढुंगेललाई कैद सजाय मिनाहा नगर्न दावी गर्दे दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ । उक्त रिटमा सर्वोच्च अदालतले निर्णयको सक्कल फाइल मगाएकै दिन सरकारले ढुँगेललाई माफी दिने निर्णय गरेको थियो ।

ढुंगेललाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोलीले गत कात्तिक १४ गते फक्राउ गरेको थियो । यसैबीच आजै ढुङगेल सहित ८ सय १६ जना कैदीलाई थुनामुक्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ