डोटीमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित चारको मृत्यु, काठमाण्डौमा दुई जनाले ज्यान गुमाए

डोटीमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित चारको मृत्यु, काठमाण्डौमा दुई जनाले ज्यान गुमाए

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

डडेल्धुरा, १५ जेठ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित केआइसिंह राजमार्गको गजरौला नजीक जीप दुर्घटना हुँदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ ।

सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हँुदा डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

जीपमा ११ जना सवारमध्ये सात जना घाइते भएकामा पाच जनाको उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

घाइते करुणकुमार यादव र विष्णु विकलाई थप उपचारका अन्यत्र पठाईएको जनाईएको छ ।

यता काठमाडौंको तिलिङ्गाटारमा आज बिहान रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बाराका करिब ३० वर्षीय मानबहादुर बल र मोटरसाइकल पछाडि सवार नाम नखुलेका अन्दाजी ३० वर्षीय अर्को पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब सवा ४ बजे सडक किनारमा रोकी राखेको बा २ ख ६२३० नम्बरको बसमा सामाखुसीबाट चक्रपथ तर्फ तीव्र गतिमा आउँदै गरेको बा ३७ प ७३८० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ