नेकपाका सेक्रेटरी बोगटीलाई ज्यान मुद्दा लगाउने तयारी

नेकपाका सेक्रेटरी बोगटीलाई ज्यान मुद्दा लगाउने तयारी

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

१५ जेठ,भक्तपुर ।
नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी कुशल बोगटीलाई ज्यान मुद्दा लगाउने तयारी प्रशासनले गरेको छ ।
बोगटीलाई प्रहरीले जेठ १ गते काठमाडौंको बागबजारबाट गिरफ्तार गरेको थियो । उनीमाथि मध्यपुरठिमी नगरपालिकाका मेयरमाथि आक्रमण गरेको आरोप लगाइएको छ ।
भक्तपुर प्रशासनले जेठ ११ गते पाँच दिनको म्याप थप गरी बोगटीलाई अनुसन्धानमा राखिएको छ । अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सचिव समेत रहेका बोगटीले प्रशासनले लगाएको आरोप ठाडो अस्वीकार गरेका छन् ।
बोगटीलाई बिनाकारण झुठा आरोपमा गिरफ्तार गरी ज्यान मुद्दा लगाउनेका कोशिस गृह प्रशासनले गरेको भन्दै जनसाँस्कृतिक महासंघले आपत्ति जनाएको छ । महासंघले सचिव बोगटीको रिहाईबारे कुराकानी गर्दै उनलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । साथै रिहाईको लागि पहल गर्न पत्रकार, मानवअधिकार तथा कानूनी व्यवसायहरुसँग अपिल गरेको छ ।

 

नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी बोगटी गिरफ्तार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ