बालकृष्ण सहित ८ सय १६ जना जेलबाट छुटे, थुनामुक्त भएपछि आक्रोशित हुँदै यसो भने ढुङ्गेलले (भिडियोसहित)

बालकृष्ण सहित ८ सय १६ जना जेलबाट छुटे, थुनामुक्त भएपछि आक्रोशित हुँदै यसो भने ढुङ्गेलले (भिडियोसहित)

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, १५ जेठ ।
सरकारले गणतन्त्र दिवसका अवसरमा तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीलाई थुनामुक्त गरेको छ ।

असल चालचलन रहेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेलसहितलाई कैदीबन्दीलाई आममाफी दिनुभएको हो । यससँगै ढुंगेल आजै डिल्लीबजार कारागारबाट मुक्त भएक छन् ।

ओखलढुँगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर गर्दै सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि ढुंगेल कैद जिवन बिताइरहनु भएको थियो ।

गएराति बसेको मन्त्रीपरिषद बैठकले ढुंगेल सहित आममाफी पाउनेहरुको नाम अनुमोदन गरि राष्ट्रपतिसमक्ष अनुमोदनका लागि सिफारिस गरेको थियो ।

ढुंगेललाई थुनामुक्त गर्न नहुने भन्दै परेको रिटमा सर्वोच्च अदालतले निर्णयको सक्कल फाइल मगाएकै दिन सरकारले ढुँगेललाई माफी दिने निर्णय गरेको हो ।

कारागार व्यवस्था विभागले असल चालचलन भएको भन्दै ढुँगेललाई आम माफी दिन सरकार समक्ष सिफारिस गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रबार सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई हुन बाँकी छ ।

ढुंगेललाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोलीले गत कात्तिक १४ गते फक्राउ गरेको थियो ।

यसैबीच माओवादी नेता ढुंगेलले रिहा भएपछि आफ्नाविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने वकिल दिनेश त्रिपाठी अरुको जुत्ताको चाट्ने व्यक्ति भएको बताउनु भएको छ ।

उहाँले रिहा भएलगत्तै आफू निरास र खुशी केही नभएको समेत बताउनु भयो ।

आक्रोशित मुद्रामा रहेका टुङगेलले भन्नुभयो, यो देश संकटकालमा लपेटिदै गर्दा दिनेश त्रिपाठीहरु कस्को जुत्ता चाट्दै थियो ?” उहाँले रिट त्रिपाठी जस्ता व्यक्तिको रिट अदालतले खारेज नगरेर ठूलो महत्व दिएको बताउनुभयो ।

स्वागतको लागि डिल्लीबजार पुगेका समर्थकहरुलाई सम्बोधन गर्दै ढुंगलले पत्रकार, वकिल र न्यायधिस एक थाल भातको निम्ति बिकेको आरोप लगाउनु भयो ।

“एक थाल भातमा बिक्रि हुने पत्रकार, एक थाल भातका निम्ति अनैतिक कामको लागि कालो कोट लगाएर सर्वोच्च अदालत धाउने कथित न्यायधिसहरु र कथित वकिलहरुलाई राज्यले बुझ्नुपर्छ” ढुंगेलले भन्नुभयो ।

उहाँले शान्तिमा युद्धको र युद्धमा शान्तिको खेती गर्ने नेपाललाई समृद्ध नबनाउने, मुलुकलाई कंगाल बनाइराख्ने भीख माग्ने डलरवादीहरुको अभियानप्रति घृणा समेत व्यक्त गर्नुभयो ।
नेता ढुंगेलले गणतन्त्रका निम्ति आफू लडेकोले गणतन्त्रको अपहरण हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

“यो धर्तीमा जवसम्म म जीवित रहन्छु, त्यतिन्जेलसम्म गणतन्त्र अपहरण हुन दिन्न, म खुशी पनि छैन निरास पनि छैन, कारागारभन्दा बाहिर अब मेरो जीवन आरम्भ भएको छ । उहाँले भन्नुभयो ।

आगामी दिनमा यो देशको समृद्धिको निम्ति पार्टीले निर्माण गरेको कार्य्िदशालाई आत्मसात गरि अगाडि बढ्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ