किमसँगको भेट पहिले नै ट्रम्प र आबेबीच भेटवार्ता हुने

किमसँगको भेट पहिले नै ट्रम्प र आबेबीच भेटवार्ता हुने

  • सोमवार, जेष्ठ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

टोकियो, १४ जेठ  । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको शिखर वार्ता अगाडि नै जापानका प्रधानमन्त्री सिन्जो आबेले भेट्ने हुनुभएको छ ।
आवेले शिखरवार्ता भन्दा अगाडि नै आफरूहरुका बीचमा भेटवार्ता हुने सहमति भएको सोमबार जानकारी दिनुभएको जापानी समाचार संस्था क्योेदोले जनाएको छ ।

ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको शिखर वार्ता आगामी जुन १२ मा सिङ्गापुरमा हुने भनिएको छ ।

यसअघि भङ्ग होलाजस्तो भएको शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी दुबैतर्फका अधिकारीहरुले सुरु गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि अहिले वार्ताको आवश्यक तयारी शुरु भएको जनाएको छ ।

वार्ताको तयारीकै लागि अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ