सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइन्छ: राज्यमन्त्री बाँस्कोटा

सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइन्छ: राज्यमन्त्री बाँस्कोटा

  • सोमवार, जेष्ठ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, १४ जेठ ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइने बताउनुभएको छ ।

काठमाण्डौमा आज आयोजित अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले १८ वर्षदेखि देशमा सञ्चालित सामुदायिक रेडियोको अनुभवबाट सिकेर समुदाय र सिंगो राष्ट्रको विकासका लागि व्यावहारिक र आवश्यकताको आधारमा उक्त नीति यथाशीघ्र ल्याइने बताउनुभयो ।

समाजलाई सूचना तथा समाचार प्रवाहको उद्देश्य व्यावसायिक र सामुदायिक रेडियोका बीच फरक रहेका कारण उनीहरुलाई सरकारले उपलब्ध गराउने सहुलियत तथा सुविधा फरक हुने उहाँको भनाइ थियो ।

राज्यमन्त्री बाँस्कोटाले विभिन्न कलाकारको सिर्जनालाई रेडियोले प्रसारण गरी आम्दानी गर्ने हुँदा त्यसको अभिलेख राखेर रोयल्टी वितरण पारदर्शी बनाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य कृष्ण राईले सामुदायिक रेडियोको संरक्षणका लागि स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले मुलुकमा पत्रकारिता क्षेत्रको विकासका लागि उक्त विषयको पठनपाठनको व्यवस्था थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनालले सामुदायिक रेडियोले सम्बन्धित क्षेत्र तथा समुदायको समस्यालाई सम्बोधन गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

सामुदायिक रेडियो प्रसारण संघका अध्यक्ष सुवास खतिवडा, रेडियोकर्मी घमराज लुइँटेल, उपेन्द्र अर्याललगायतले रेडियोले स्थानीय मौलिकतालाई प्राथमिकता दिएर सन्देश प्रसारण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ