सल्यानमा साेमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल

सल्यानमा साेमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

१३ जेठ,सल्यान । अनेरास्ववियु (क्रान्तिकारी) को अाह्वानमा सल्यानमा साेमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल हुने भएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारीले विद्यार्थीहरुका हक, अधिकारकाे पक्षमा संघर्ष गरिरहँदा संगठनका जिल्ला उपाध्यक्ष भिम वली र सहसचिव मदन केसी बिनाकारण पक्राउ परेकाे भन्दै जेठ १४ गतेदेखि जिल्लाभरी अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने गरेको हो ।

अाइतबार संगठनका अध्‍यक्ष टंकप्रसाद केसीले एक प्रेस विज्ञप्ती जारी गरेर शैक्षिक हडताल सफल पार्न सबैमा अपिल गर्दै शैक्षिक रुपान्तरणकाे अभियानमा डटेर लाग्न मातहतका सबै समितिलाई निर्देशन गरेका छन् ।

“राज्यका शासकहरु विभिन्न शासन व्यवस्था वदलिएकाे लाेकतन्त्र अाएकाे हल्ला बजारमा गरिरहेका छन । अाज गरिब र किसानहरु शिक्षा पाउदैनन् । तिनै ज्ञान अार्जन गर्ने उमेर का बालबालिका राेडमा गिठ्ठि कुट्दै छन । अव्यवहारिक शिक्षा भएकोले पढेकाहरु पनि खाडीमा भाैतारिन विवस छन । राज्य द्वारा माध्यमिक शिक्षा निशुल्क र शिक्षा पनि अाधारभुत एवं निशुल्क भनेर घाेषणा गरिन्छ । तर त्यहीँ कार्यनयन कुरा गर्दा अावाज उठाउदा अाफैले लेखेको कुरा पनि बर्खिलाप र खिल्लि उडाउँदै विद्यार्थी जेल काेचिन्छ अनि भनिन्छ लाेकतन्त्र ?” केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विनाकारण नागरिक स्वतन्त्रताको खिल्ली उडाउँदै गिरफ्तार गर्ने र बन्द काेठामा हुलेर न्याय काे अावाज थुन्ने हतकण्ठा भइरहेकाे भन्दै उक्त संगठनले अब याे सम्मभव नभएकाे बताएकाे छ । विद्यार्थीहरुका हक अधिकारकाे पक्षमा संघर्ष गरिरहने क्रान्तिकारीले विज्ञप्तीमार्फत जनाएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ