कृष्ण सेन ‘ईच्छुक’ स्मृतिमा स्रष्टाहरु पुरस्कृत

कृष्ण सेन ‘ईच्छुक’ स्मृतिमा स्रष्टाहरु पुरस्कृत

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

१३ जेठ,काठमाडौं ।

महान सहिद पत्रकार कृष्ण सेन ‘ईच्छुक’को १६औं स्मृति दिवस पारेर ईच्छुक साँस्कृतिक प्रतिष्ठानले चार जना स्रष्टालाई पुरस्कृत गरेको छ ।
काठमाडौंको घट्टेकुलोस्थित प्रतिष्ठानको आफ्नै भवनमा आयोजित कार्यक्रममा ईच्छुक स्मृति पुरस्कार स्रष्टा मोदनाथ मरहट्टा र पत्रकार विनोदविक्रम केसीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । पुरस्कृत मरहट्ट र केसीलाई जनही ५०–५० हजार नगद र सम्मानद्वारा सम्मान गरियो । यो पुरस्कारलाई मूल पुरस्कार भनिएको छ ।

त्यस्तै ईच्छुक प्रतिभा पुरस्कार साहित्यतर्फ शोभा दुलाल र कलातर्फ फुलमाया दर्जी ‘प्रगति हिङमाङ’लाई प्रदान गरियो । स्रष्टा दुलाल र दर्जीलाई सम्मानपत्र र जनही २५–२५ हजार नगदसहित पुरस्कृत गरियो ।

पुरस्कार राशी र सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि माक्र्सवादी सौन्दर्य चिन्तक एवं नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले प्रदान गर्नुभएको थियो । कार्यक्रममा सेनको सम्झनामा गीत–संगीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै महासचिव किरणले देशमा जारी दलाल संसदीय व्यवस्थाले राष्ट्रियता र स्वाधीनतामाथि घात पुर्याउने काम भइरहेको भन्दै नयाँ जनवादी क्रान्ति पूरा नगरेसम्म देश र जनताले समृद्धि हासिल गर्न नसक्ने बताए ।

‘एकपटक फेरि देशमा सशस्त्र क्रान्तिको खाँचो बढ्दै गएको छ । अब स्वाभिमानी जनताले चुप लागेर बस्न हुँदैन’ उनको भनाई थियो । राष्ट्रियतामाथि विदेशी हस्तक्षेप बढ्दै गइरहेको बताउँदै देश र जनताको पक्षमा समाचार लेख्न हरेक पत्रकार सधैं तयार रहनुपर्ने उनले बताए ।

सेनलाई जनयुद्धले उच्च रुप लिइरहेकै बेला २०५९ साल जेठ ६ गते राजधानीबाट गिरफ्तार गरी भृकुटीमण्डपस्थित तत्कालीन महेन्द्र पुलिस क्लबमा राखेर चरम यातना दिई शाही सरकारले हत्या गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ