अध्ययन भन्छ, काठमाण्डौमा उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण हुन्छ

अध्ययन भन्छ, काठमाण्डौमा उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण हुन्छ

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

ललितपुर, १३ जेठ । काठमाडौं उपत्यकामा उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएको एक अध्ययनले देखाएको छ ।

वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखिएको हो ।

हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण जडान गरिएको थियो । त्यसमा गाडीले फाल्ने धुवाँ बढी पाइएको हो ।

विभागका उप–महानिर्देशक सफला श्रेष्ठले जडान गरिएको उपकरणले देखाएको नतिजा सार्वजनिक गरेको बताउदै अब समाधान खोज्न लाग्नुपर्ने बताउनु भयो ।

फरक÷फरक संस्थाले वायु प्रदूषणमा कुन÷कुन क्षेत्रको योगदान के कति रह्यो भन्ने विषयमा फरक फरक आँकडा प्रस्तुत गर्दैआएका छन् । एकीकृत तथ्याँकका लागि इसिमोड संस्थासँगको सहकार्यमा विभागले उपकरण जडान गरेको हो ।

विभागले काठमाडौँं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा वायुको अवस्थाबारे जानकारी दिने उपकरण(वायु गुणस्तरमापन स्टेशन) बनाएको छ ।

यसले काठमाडाँै उपत्यका भन्दा लुम्बिनी क्षेत्रमा बढी वायु प्रदूषित भएको देखाएको छ । उपत्यका बाहिरका पोखरा, धुलिखेल, सौराहा भन्दा काठमाडाँैंको वायु बढी प्रदूषित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ