सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.५ प्रतिशत वृद्धिको अपेक्षा

सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.५ प्रतिशत वृद्धिको अपेक्षा

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, १३ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४÷७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आज सदनमा पेश गर्नुभयो । 

अर्थमन्त्री डा खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्र्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान गरिएको छ । उहाँले चालू आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि तथा कृषि क्षेत्रको योगदान २७.६ र ७२.४ प्रतिशत रहेको पनि जानकारी दिनुभयो ।

चालू आवमा प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर हुने अनुमान गरिएको छ । उहाँका अनुसार पछिल्लो अनुमानअनुसार ६० लाखभन्दा बढी मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेका र बहुआयामिक रुपमा ८० लाख मानिस गरिबीको रेखामुनि रहेका छन् ।

आन्तरिक बचत दर सुधारोन्मुख भएपनि यस वर्ष कूल गार्हस्थ्य उत्पादनको १५ प्रतिशतमा मात्र बचत हुन सकेको र लगानी सात प्रतिशत रहेको उल्लेख गर्दै उहाँले बचत र लगानीको प्रतिशतप्रति सन्तोष व्यक्त गर्नुभयो ।

वार्षिक बिन्दुगत मुद्रास्फीति दर छ प्रतिशत रहेको र मूल्य चाप बढ्दै गएको सर्वेक्षणले देखाएको छ । राजश्वको वृद्धि सन्तोषप्रद भए पनि सरकारी खर्चमा भएको तीव्र गतिले गर्दा बजेट घाटा बढ्दै गएको छ ।

आव २०७२÷७३ मा नाफा गर्ने संस्थानको संख्या २३ रहेकामा चालू आवमा २६ वटा संस्थाले नाफा कमाएको छ । शेयर बजार स्थिरता जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ