रुस चीन सम्बन्ध इतिहासकै राम्रोः राष्ट्रपति पुटिन

रुस चीन सम्बन्ध इतिहासकै राम्रोः राष्ट्रपति पुटिन

  • शनिबार, जेष्ठ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

सेन्ट्स पिटस्बर्ग, १२ जेठ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राख्नुभएको छ ।

इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो र महत्वपूर्ण रुपमा लिइएको उहाँको भनाई छ ।

उहाँले चीनसँगको रुसको सम्बन्धलाई कुनै पनि नयाँ परिभाषा दिन आवश्यक नभएके पनि प्रष्ठ्याउनु भयो ।

आज सेन्ट् पिटस्बर्गमा चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिनुभएको एक अन्तरवार्तामा उहाँले पछिल्लो सयमा रुस चीन सम्बन्ध नयाँ उचाईमा पुगेको धारणा पनि राख्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसपछि रुसको चीनसँगको सम्बन्ध थप सुमधुर भएको उहाँको भनाई छ ।
यस काँग्रेसपछि रुस र चीनको आगामी सम्बन्धलाई अझ अगाडि बढाउने वातावरण उक्त काँग्रेसले सिर्जना गरेको उहाँले बताउनुभयो ।

उक्त अन्तरवार्ताका क्रममा उहाँले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताउनुभयो ।

उत्तर र दक्षिण कोरियाको वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै यसमा रुसको पनि समर्थन रहेको बताउनुभयो ।

कोरियाको यस वार्ताले कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका साथै यस क्षेत्र र विश्वमा नै शान्ति स्थापनामा ठूलो सहयोग पुग्ने राष्ट्रपति पुटिनले बताउनुभयो ।

चीनसँगको व्यापारिक सम्बन्धबाट आपूm पछिल्लो समयमा निकै सन्तुष्ट रहेको उहाँले बताउनुभयो । उहाँले व्यापारिक सम्बन्धले पनि रुस र चीनको सम्बन्धमा थप उचाइ बढाएको बताउनुभयो ।

रुस र चीनको कूटनीतिक र व्यापारिक सम्बन्धमा कुनै पनि समस्या नरहेको धारणा राष्ट्रपति पुटिनले राख्नुभयो । उहाँले पछिल्ला केही वर्षहरुमा व्यापारको मात्रामा पनि बृद्धि भएको बताउनुभयो ।

हाल रुस र चीनबीचको व्यापार ८६ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ