१२ जेठ, काठमाडौं ।
अमेरीकाका र्याण्डी डब्लु बेरी नेपालका लागि नयाँ राजदूत सिफारिस हुनुभएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००७ देखि ९सम्म नेपालस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरिसकेका बेरीलाई नेपालका लागि नयाँ राजदूतका रुपमा सिफारिस गर्नुभएको हो ।
हाल नेपालकी राजदूत रहेकी एलियना बी टपलेज श्रीलंका र माल्दिभ्समा राजदूतकै रुपमा जाने हुनुभएको छ ।
अमेरिकाको संसदले यो सिफारिस पारित गरेपछि उहाँ नेपाल आउनुहुनेछ । सन् १९९३मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनितिज्ञको भूमिका निर्वाह गरिसक्नुभएको छ । समलंगी अधिकारकर्मी समेत रहनुभएका बेरीले न्युजिल्याण्डमा कन्सुल जनरलको भूमिका पनि निभइसकेका छन् ।
उहाँ आफैं पुरुष समलिंगी पनि हुनुहुन्छ । तत्कालीन राष्ट्रपति बराह ओबामाले उहाँलाई अमेरिकाको समलिंगी अधिकार सम्बन्धी अन्तर्रा्ष्ट्रिय दूतमा नियुक्त गर्नुभएको थियो ।